काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र नेपाली कांग्रेसका नेताहरूबीच आज भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री कार्की र कांग्रेसका नेताहरूबीच आज बिहान छलफल भएको हो ।
उक्त भेटमा कांग्रेसका नेताहरू देवराज चालिसे, गुरूराज घिमिरे, राजेन्द्र बजगाई, उज्ज्वल बराल, रेशम बानियाँ, टेकराज पौडेल, छेडुप लामा र सन्दीप निरौलालगायत थिए ।
निर्वाचनको वातावरण बनाउने सन्दर्भमा प्रधानमन्त्री कार्कीले राजनीतिक दलका नेताहरूसँग भेटवार्ता गरेकी हुन् ।
प्रधानमन्त्रीले फागुन २१ गतेको प्रतिनिधि सभा चुनाव गराउन सरकार प्रतिबद्ध रहेको बताइन् । उनले नेपाली कांग्रेससहित सबै राजनीतिक दल चुनावमा लाग्नुपर्ने, चुनावका लागि वातावरण बनाउनुपर्ने बताइन् ।
चुनावका लागि राजनीतिक दलहरूले सहयोग गर्नुपर्ने प्रधानमन्त्रीले बताइन् ।
प्रतिक्रिया दिनुहोस