२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

संसद् पुनर्स्थापनाका लागि कानुनी उपचार खोज्छौँ : अध्यक्ष ओली

मंगलवार , मंसिर २, २०८२

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको विघटनविरुद्ध आफ्नो पार्टीले कानुनी उपचार र शान्तिपूर्ण सङ्घर्षको बाटो रोज्ने बताएका छन् ।

विघटित प्रतिनिधिसभाका नेकपा (एमाले) सम्बद्ध सदस्यहरूको बैठकमा आज उनले संसद् पुनर्स्थापनाबाट राजनीतिक निकास दिनुपर्ने भएकाले आफूहरू पुनर्स्थापनाका लागि सर्वोच्च अदालतमा रिट लिएर जाने बताए ।

बैठकमा सो पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले सङ्कटको अवस्थामा एमालेको भूमिका नै देशको भविष्यमा निहित छ भन्नेसबैले बुझ्नुपर्नेमा जोड दिए । पार्टीका महासचिव शङ्कर पोखरेलले गत भदौ २३ र २४ गतेको घटनाको निष्पक्ष छानबिन हुनुपर्ने बताए । बैठकमा छलफल जारी छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट