२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

सरकारका प्राथमिकताबारे राजनीतिक दलसँग छलफल गर्दै प्रधानमन्त्री कार्की

बुधवार , मंसिर ३, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले बुधबार निर्वाचन आयोगमा दर्ता भएका दलसँग छलफल गर्दैछन्। प्रधानमन्त्री कार्कीले अपरान्ह ४ बजे छलफल गर्न लागेकी हुन्।

छलफलमा कार्कीले सरकारका कामकारबाही र प्राथमिकताका विषयमा जानकारी दिने प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलले जानकारी दिए। रावलले भने, ‘आज निर्वाचन आयोगमा दर्ता रहेका दलहरूलाई सरकारका कामकारबाही र प्राथमिकताबारे प्रधानमन्त्रीले जानकारी दिँदै हुनुहुन्छ।’

छलफलका लागि आयोगमा दर्ता भएका दललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बोलाइएको छ।

फागुन २१ गतेका लागि तोकिएको निर्वाचनको तयारीमा सक्रिय भएको सरकारले पछिल्ला दिनमा दलसँगको छलफललाईसमेत निरन्तरता दिँदै आएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट