काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले नेपाली कम्युनिष्ट पार्टी र जनता समाजवादी पार्टीबीचको एकीकरण अप्राकृतिक हुने बताएका छन् ।
व्यक्तिले विचार र सिद्धान्त बदल्ने कुरा सामान्य भएपनि सिंगो पार्टी पंक्ति विल्कूल फरक विचार र सिद्धान्तमा विलुप्त हुने कुरा अराजनीतिक र आत्मसमपर्णवादी नीति भएको टिप्पणी गरेका छन् ।
बस्नेत भन्छन्, ‘राजनीतिक दलप्रति जनताको वितृष्णा पछिल्लो समय जेनजी आन्दोलनमार्फत त्यतिकै विष्फोट भएको हैन । विचार, सिद्धान्त र मुद्दा प्रधान हुनुपर्ने राजनीतिक दलको नेतृत्व ढुलमुले र चरम अवसरवादी बन्दै गएको छ ।’
नेकपासँग एकता गर्नु अगाडि आफ्नै नेतृत्वमा तयार पारिएका पार्टीका घोषणापत्र एक पटक अध्ययन गर्न जसपाका संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठलाई बस्नेतले सुझाव दिएका छन् ।
राजनीतिक लाभ र अवसरको पछाडि लाग्दा राजनीतिक इतिहासले आफैलाई गिज्याउने दिन नआओस् भन्दै उनले जसपा र जसपा नेतृत्वप्रति कटाक्ष गरेका छन् ।
प्रतिक्रिया दिनुहोस