काठमाडाैं । इंग्ल्याण्डले युरोपेली च्याम्पियसिपमा विजयी सुरुवात गरेको छ । घरेलु मैदान वेम्वली स्टेडियममा आइतबार राति भएको खेलमा इंग्ल्यान्डले क्रोएसियालाई १–० ले पराजित गर्दै प्रतियोगितामा जित सहित सुरुवात गरेको हो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा इंग्ल्याण्डका लागि ५७ औं मिनेटमा स्ट्रर्लिङले निर्णायक गोल गरे । उनले काल्भिन फिलिप्सको पासमा गोल गरेका हुन् ।
क्रोएसियाले पनि केही गोलको अवसर पाएको थियो । तर, सदुपयोग गर्न भने सकेन । युराेकपमा क्रोएसियाले हारबाट प्रतियोगिताको सुरुवात गर्नु परेको छ ।