काठमाडौं । फिफा विश्वकप २०२२/एएफसी एसियन कप छनोटको दोस्रो चरणको खेल खेल्न कुवेत गएको नेपाली राष्ट्रिय फुटबल टोली गएराति स्वदेश फर्किएको छ । उनीहरु नेपाली टोली कतार एयरवेजको उडानमार्फत काठमाडौं आइपुगेका हुन् ।
२३ खेलाडीसहित नेपाली टिमलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का पदाधिकारीले स्वागत गरेका थिए ।
कुवेतमा नेपालले चाईनिज ताईपेई, जोर्डन र अष्ट्रेलियासंग खेलेको थियो । पहिलो खेलमा चाईनिज ताईपेलाई २–० ले पराजित गरेको नेपाल जोर्डन र अष्ट्रेलियासंग समान ३–० ले पराजित भएको थियो ।
गएको जेठ ११ गते खेलाडीसहित ३५ जनाको टोली इराक हुँदै कुवेत गएको थियो ।