२०८३, जेठ २७ गते

बुधवार, जेठ २७ गते २०८३

तनहुँ कारागारबाट फरार ६८ कैदीबन्दी अझै फर्किएनन्, खोजी कार्य तीव्र

शनिवार , पौष ५, २०८२

तनहुँ । गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएका ६८ जना कैदीबन्दी अझै फर्किएका छैनन् ।

कारागारमा रहेका ३२७ जनामध्ये २५९ जना आइसकेका र अन्य व्यक्ति आउन बाँकी रहेको प्रहरीले जनाएको छ । आन्दोलन भएको तीन महिना अवधि बितिसक्दा पनि सम्पर्कमा नआएकाहरूको खोजी कार्य तीव्र बनाइएको छ । केही कैदीबन्दीहरू आफू खुसी कारागार फर्किने गरे पनि कतिपयलाई खोजी गरी पक्राउ गर्न थालिएको प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए ।

त्यसैगरी जेनजी आन्दोलनमा कारागारबाट फरार रहेका जिल्ला गोरखा पालुङटार नगरपालिका–७ बस्ने २२ वर्षीय सुमन परियालाई बिहीबार पक्राउ गरिएको छ । नकवजनी चोरी मुद्दाको कैदी परियारलाई तनहुँबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी आवश्यक कारबाहीको लागि कारागार पठाइएको उनले बताए ।

कटुवा पेस्तोलसहित युवा पक्राउ

त्यसैगरी, जिल्लाको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट शुक्रबार बिहान एक थान कटुवा पेस्तोलसहित एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा जिल्ला बारा सुवर्ण गाउँपालिका–१ बस्ने वर्ष अन्दाजी १९ का ओम बाबुप्रसाद यादब रहेका छन् । प्रहरीले सवारीसाधान रोकी चेकजाँच गर्ने क्रममा बिहान ३ः१० बजेको समयमा पेस्तोलसहित भेटिएका यादवलाई नियन्त्रणमा लिएको हो ।

बारा कलैयाबाट पोखरातर्फ आउँदै गरेको ग२ख २७५ बसमा यादव सवार रहेको अवस्थामा चेकजाँचका क्रममा भेटिएको तनहुँका प्रहरी प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । निजलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय आबुँखैरेनीमा ल्याई थप अनुसन्धान कार्य भइरहेको उनले बताए।

पृथ्वीराजमार्ग सडकखण्डमा रहेको अस्थायी प्रहरी पोष्ट मुग्लिन पुल जिपबाट खटिने प्रहरी टोलीले सवारी चेकजाँच कार्यलाई तीव्रता दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट