२०८३, जेठ २७ गते

बुधवार, जेठ २७ गते २०८३

गिरिबन्धु टि–स्टेट नजिक मोटरसाइकल दुर्घटना, २ जनाको मृत्यु

आइतवार , पौष ६, २०८२

झापा । पूर्व–पश्चिम राजमार्गको बिर्तामोड नगरपालिका– ६ गिरीबन्धु टि–स्टेट नजिक मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार आइतबार साँझ चारआलीबाट बिर्तामोडतर्फ आउँदै गरेको मे५प ६२२२ नम्बरको मोटरसाइकल साँझ ५ः३० बजे आफैं अनियन्त्रित भई दुर्घटना भएको थियो ।

दुर्घटनामा झापा भद्रपुर नगरपालिका वडा नं.९ का २५ वर्षीय भुपाल अधिकारी र भद्रपुर–७ का २५ वर्षीय शीर्षक सुवेदीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते उनीहरूलाई तत्काल उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएको थियो । अस्पताल पुर्‍याए लगत्तै चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट