२०८३, जेठ २७ गते

बुधवार, जेठ २७ गते २०८३

दोस्रो विश्व ध्यान दिवस नेपालमा पनि विशेष समारोहको आयोजना गरी मनाइयो

आइतवार , पौष ६, २०८२

काठमाडौं । दोस्रो विश्व ध्यान दिवस नेपालमा पनि विशेष समारोहको आयोजना गरी मनाइएको छ ।

संयुक्त राष्ट्रसङ्घले डिसेम्बर २१ तारिखलाई विश्व ध्यान दिवसका रुपमा मनाउने घोषणा गरेको थियो । त्यसैअनुसार नेपालमा पनि ध्यान दिवस मनाइएको हो ।

दिवसका अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आइतबार सैनिक मञ्च टुँडिखेलमा मूल समारोहको आयोजना गरेको थियो । समारोहमा शिक्षामन्त्री महावीर पुनले योग र ध्यानलाई पर्यटन प्रवद्र्धनसँग जोड्न सकिने भएकाले यसलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

उनले विद्यालयमा अतिरिक्त क्रियाकलापमा समावेश गर्न निर्देशन दिइएको जानकारी दिए । मन शुद्ध नभए अनेकौं लोभ, घमण्ड बढ्ने र त्यसका कारण भ्रष्टाचार मौलाउन सक्ने भन्दै मन्त्री पुनले ध्यानका माध्यमबाट मनलाई शुद्ध बनाउनुपर्ने धारणा राखे ।

त्यसैगरी स्वास्थ्यमन्त्री डा सुधा शर्मा गौतमले परम्परागत चिकित्सा पद्धतिका रुपमा योग, आयुर्वेद र ध्यानलाई सरकारको कार्यक्रम र नीतिमा समावेश गरिएको जानकारी दिए । ध्यान र योगका माध्यमबाट निरोगी हुन सकिने भएकाले मानवस्वस्थका लागि यसलाई अवलम्वन गर्नुपर्ने उनले बताए ।

सो क्रममा बिभिन्न व्यक्तिहरुले ध्यान अभ्यास गराएका थिए । सन् २०१४ देखि नै विश्व ध्यान दिवस मनाउने प्रस्ताव अघि बढाइएको थियो । गत वर्ष डिसेम्बर ७ मा राष्ट्रसङ्घको महासभाले नेपालसहित १८ देशको प्रस्ताव पारित गरेपछि ध्यान दिवस मनाउन थालिएको हो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट