भारत । मल्टिपल डिस्ट्रिक्ट ३२५ नेपालका पूर्व डिस्ट्रिक्ट गभर्नर (PDG) लायन अनन्त प्रसाद भेटवाल लायन्स अन्तर्राष्ट्रियको ५३औँ ISAME Forum मा विशेष सम्मानबाट सम्मानित भएका छन् ।
लायन्स अन्तर्राष्ट्रियका अध्यक्ष लायन एपी सिंहले उनलाई सम्मान प्रदान गर्दै “लायनिज्ममा सेवाको साँचो नायक (Synonym of Service)” को संज्ञा दिए। उनले PDG भेटवालको निःस्वार्थ सेवा, निरन्तर सक्रियता र नेतृत्व क्षमताको प्रशंसा गरे ।
वर्षौँदेखि मानवताको सेवामा समर्पित PDG भेटवालको नेतृत्व प्रभाव डिस्ट्रिक्ट ३२५ ईमा मात्र सीमित नरही सम्पूर्ण मल्टिपल डिस्ट्रिक्ट ३२५ तथा नेपालभर अनुभूत हुँदै आएको छ। पदावधि समाप्त भएपछि पनि निरन्तर सक्रिय रहँदै संगठन विस्तार, सदस्य वृद्धि र दिगो सेवामा उनले उल्लेखनीय योगदान पुर्याउँदै आएका छन् ।

यसअघि पनि उनले लायन्स अन्तर्राष्ट्रियको प्रतिष्ठित “Club Opening Extension Award” प्राप्त गरेका थिए। यो सम्मानलाई नेपाली लायनिज्मको सामूहिक गौरवका रूपमा लिइएको छ।
यस अन्तर्राष्ट्रिय सम्मानले नेपाली लायन्स समुदायलाई विश्व मञ्चमा थप गौरवान्वित बनाएको छ।
प्रतिक्रिया दिनुहोस