२०८३, जेठ २७ गते

बुधवार, जेठ २७ गते २०८३

काभ्रेको चौंरीदेउरालीमा वडावडामै राष्ट्रिय परिचयपत्र लागि विवरण दर्ता सुरु

सोमवार , पौष ७, २०८२

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको चौंरीदेउराली गाउँपालिकाले राष्ट्रिय परिचय पत्रका लागि विवरण दर्ता सुरु गरेको छ । पालिकाले हिजो पुस ५ गतेबाट राष्ट्रिय परिचय पत्रका लागि विवरण दर्ता सुरु गरेको हो । वडा नम्बर १ को कार्यालय सानो बाङथलीमा हिजो विवरण दर्ता गरिएको थियो ।

आज वडा नम्बर २ को कार्यालय नाग्रेमा विवरण दर्ता गरिएको छ । पुस ८ गते वडा नम्बर ४ को वडा कार्यालय धुसेनी शिवालय, पुस ९ गते वडा नम्बर ५ को कार्यालय चौंरी, पुस १० गते वडा नम्बर ६ को कार्यालय कात्तिके देउरालीमा विवरण दर्ता गरिनेछ ।

त्यसैगरी पुस ११ गते वडा नम्बर ७ को कार्यालय कुडारी, पुस १२ गते वडा नम्बर ८ को कार्यालय बिर्तादिराली, पुस १३ गते वडा नम्बर ९ को कार्यालय गोठपानी र पुस १४ गते छुटपुट भएका ब्यक्तिहरुका लागि गाउँपालिकाको कार्यालय ढाँडखर्कमा राष्ट्रिय परिचय पत्रका लागि विवरण दर्ता गरिनेछ ।

विहान १० देखि दिउँसो ४ बजेसम्म विवरण दर्ता हुनेछ । राष्ट्रिय परिचय पत्रका लागि विवरण दर्ता गर्न जाँदा नेपाली नागरिकताको प्रमाणपत्र, विवाहितको हकमा विवाह दर्ताको प्रमाणपत्र, श्रीमान श्रीमतीको मृत्यु भएको हकमा मृत्यु दर्ता प्रमाण पत्र र नाम, थर फरक भएको हकमा वडा कार्यालयको प्रमाणित सिफारिस सक्कल नै ल्याउन गाउँपालिकाले अनुरोध गरेको छ ।

पालिका अध्यक्ष रेणुका चौंलागाईको विशेष पहलमा राष्ट्रिय परिचय पत्रका लागि विवरण दर्ता वडा वडामै लगिएको हो । आफ्नै वडामा राष्ट्रिय परिचय पत्रका लागि विवरण दर्ता गर्न पाउँदा स्थानीयहरु खुशी भएका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट