काठमाडौं । संघीय संसदअन्तर्गत आज दुई संसदीय समितिको बैठक बस्दैछ।
राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक बिहान साढे १० बजे सुरु हुनेछ। बैठकमा उत्तरविधायिकी परिक्षणसम्बन्धी छलफल हुने कार्यक्रम छ।
त्यसैगरी, दिउँसो साढे २ बजे संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्नेछ। बैठकमा राष्ट्रिय प्रकृति संरक्षण कोषका कामकाज, समस्या र चुनौती, भावी कार्ययोजना तथा राष्ट्रिय गौरवका आयोजना सञ्चालनका लागि आवश्यक इलेक्ट्रोनिक अनुमतिपत्र (ईआइ) सहजीकरणसम्बन्धी विषयमा छलफल हुने बताइएको छ।
प्रतिक्रिया दिनुहोस