२०८३, जेठ २७ गते

बुधवार, जेठ २७ गते २०८३

दुई नाबालकसहित ११ कैदीबन्दी पक्राउ

मंगलवार , पौष ८, २०८२

सिरहा । जेनजी आन्दोलनका क्रममा गत २४ भदौमा देशका विभिन्न बाल सुधार गृह तथा कारागारबाट फरार भएका कैदीबन्दीमध्ये सिरहा प्रहरीले हालसम्म दुई नाबालकसहित ११ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयकाअनुसार जलेश्वर, नख्खु, जगन्नाथ देवल, सप्तरी, सिन्धुली, केन्द्रीय कारागार तथा बाल सुधार गृह वीरगञ्जबाट फरार भएका कैदीबन्दी पक्राउ परेका हुन् ।

पक्राउ परेकामध्ये नौ जनालाई सम्बन्धित कारागार तथा सुधार गृहमा बुझाइसकिएको छभने बाँकी दुई जनालाई बुझाउने प्रक्रिया चलिरहेको जिल्ला प्रहरीका प्रहरी निरीक्षक ओमप्रकाश पण्डितले जानकारी दिए ।

यसैबीच, प्रहरीले धनगढीमाई नगरपालिका–११ डाबरटोलस्थित चितवा खोला नजिकबाट सोमबार दिउँसो बेवारिसे अवस्थामा एक नाल भरुवा बन्दुक फेला पारेको छ । सो बन्दुकका सम्बन्धमा इलाका प्रहरी कार्यालय लहानले अनुसन्धान गरिरहेको जनाएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट