२०८३, जेठ २७ गते

बुधवार, जेठ २७ गते २०८३

पुस २५ गतेदेखि चितवनमा अन्तराष्ट्रिय डेरी एक्स्पो आयोजना हुने

बुधवार , पौष ९, २०८२

चितवन । अन्तराष्ट्रिय डेरी एक्स्पो २०८२ पुस २५ गतेदेखि चितवनको भरतपुरमा आयोजना हुने भएको छ ।

चितवन जिल्ला दुग्ध उत्पादन सहकारी संघ र चितवन उद्योग संघले चितवनमा पत्रकार सम्मेलन गर्दै डेरी उद्योगमा प्रविधि अर्थतन्त्रमा समृद्धि भन्ने नाराका साथ पुस २५ देखि २९ गते सम्म अन्तराष्ट्रिय डेरी एक्स्पो आयोजना गर्न लागिएको जनाएको हो ।

दुग्ध उत्पादन सहकारी संघ, चितवनका अध्यक्ष किशोर बगालले दुग्धजन्य उत्पादनको व्यवसायीकतामा लागेका किसानहरुलाई प्रोत्साहन गर्ने उदेश्यका साथ एक्स्पो आयोजना गरिएको बताए ।

उत्पादनको हिसाबले आत्मनिर्भर हुँदै गरेको दूधवाट विभिन्न औधोगिक उत्पादन गर्ने प्रयोजनका लागि किसानहरुलाई मेशिन उपकरणको अवलोकनको अवसर प्रदान गर्न पनि एक्स्पो उपयोगि हुने उहाले बताए ।

त्यस्तै चितवन उद्योग संघका अध्यक्ष मदन घिमिरेले अन्तराष्ट्रिय डेरी एक्स्पोले दुग्ध किसानहरूलाई नयाँ प्रबिधि र व्यवसायीक दुग्ध किसान बन्नका लागि सहयोग पुग्ने बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट