काठमाडौं । मनास्लु वर्ल्ड कलेज र मनास्लु हस्पिटालिटी क्लबको सहकार्यमा ‘मनास्लु फुड फेस्टिबल २०२५’ सम्पन्न भएको छ । फुड फेस्टिबल चावहिल चुच्चेपाटीमा रहेको मनास्लु कलेजकै प्राङ्गणमा सम्पन्न भएको हो ।
फेस्टिबलमा सोही कलेजको व्यवस्थापन संकाय अन्तर्गत कक्षा ११ र १२ का होटल म्यानेजमेन्टका विद्यार्थीहरुले तयार गरेको खानाका परिकार समावेश गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै कलेजका अध्यक्ष गेन्द्र लामाले विद्यार्थीहरुलाई सैद्धान्तिकभन्दा पनि व्यवहारिक ज्ञान दिन कलेज सधैँ तत्पर रहेको बताए । यस्ता कार्यक्रमले भविष्यमा यही क्षेत्रमा स्थापित हुन चाहने विद्यार्थीहरुका लागि आधार तय गर्ने विश्वास पनि अध्यक्ष लामाले व्यक्त गरे ।
त्यस्तै उनले नेपाल सांस्कृतिक रुपमा धनी देश भएकाले खानाका परिकारहरुमा पनि धनी देश भएको उल्लेख गरे । हस्पिटालिटी सेक्टरमा लिडरसिप डेभलपमेन्ट र खानाका परिकारहरुको संरक्षण, सम्बद्र्धन हामीले नै गर्नुपर्छ भन्ने उद्धेश्यले सो फुड फेस्टिबलको आयोजना गरिएको अध्यक्ष लामाको भनाई थियो ।

त्यस्तै, कार्यक्रममा बोल्दै कलेजका प्रिन्सिपल राजन श्रेष्ठले नेपालको मौलिक खानाहरुलाई विश्व स्तरमा नै ब्राण्डिङ गर्न आवश्यक रहेको औँल्याए । यस्ता कार्यक्रमहरुले विद्यार्थीहरुलाई भविष्यमा व्यवसायिकतातर्फ उन्मुख गर्ने भएकाले त्यसको लागि पनि श्रेष्ठले शुभकामना दिए ।
फेस्टिबलमा १८ वटा स्टलहरुमा विभिन्न समुदायलाई नेतृत्व गर्ने खानाका परिकारहरु राखिएको थियो । जहाँ १०० वटा कलेजहरुलाई आमन्त्रण गरिएको र ५० भन्दा बढी कलेजबाट सहभागिता जनाइएको कलेजका अध्यक्ष लामाले जानकारी दिए ।








प्रतिक्रिया दिनुहोस