२०८३, जेठ २७ गते

बुधवार, जेठ २७ गते २०८३

कोशीका मुख्यमन्त्री कार्कीले दिए क्रिसमसको शुभकामना

बिहिवार , पौष १०, २०८२

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले इसाई धर्मावलम्बीहरूको पर्व क्रिसमसको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली नागरिकलाई शुभकामना व्यक्त गरेका छन् ।

क्रिसमसको अवसरमा जारी शुभकामना सन्देशमा मुख्यमन्त्री कार्कीले प्रेम, शान्ति, करुणा र मानव कल्याणको सन्देश बोकेको यो पर्वले समाजमा आपसी सद्भाव, सहिष्णुता र भाइचारा अझ सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन् । इसाई धर्मगुरु येशु ख्रिष्टले देखाउनुभएको प्रेम, त्याग र क्षमाको मार्ग आजको समाजका लागि प्रेरणादायी रहेको उनले बताए ।

नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुक भएको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले सबै धर्म, संस्कृति, परम्परा, रीतिरिवाज र चाडपर्वको सम्मान, संरक्षण र प्रवर्द्धन गर्नु प्रदेश सरकारको दायित्व रहेको बताए ।

विविधतायुक्त पहिचान बोकेको कोशी प्रदेशमा सबै समुदायबीच आपसी सम्मान, समझदारी र एकताको भावना अझ प्रगाढ हुँदै प्रदेशको विकास र समृद्धिमा सहयोग पुग्ने विश्वास पनि उनले व्यक्त गरे ।

मुख्यमन्त्री कार्कीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने राष्ट्रिय लक्ष्य प्राप्तिमा क्रिसमस पर्वले थप प्रेरणा दिने अपेक्षा गरिएको उल्लेख गरेका छन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट