२०८३, जेठ २७ गते

बुधवार, जेठ २७ गते २०८३

प्रधानमन्त्रीद्वारा ‘क्रिसमस डे’ को शुभकामना, राष्ट्रिय एकता थप सुदृढ बन्ने विश्वास

बिहिवार , पौष १०, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले इसाई धर्मावलम्बीको महान् पर्व ‘क्रिसमस डे’ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेकी छिन् ।

उनले आज सामाजिक सञ्चालमार्फत शुभकामना व्यक्त गर्दै भनेकी छिन्, “प्रेम, शान्ति, करुणा र सद्भावको सन्देश बोकेको यस पर्वले मानवताका साझा मूल्यहरूलाई अझ सुदृढ बनाउँदै समाजमा आपसी समझदारी, सहअस्तित्व र भाइचारा अभिवृद्धि गर्न थप प्रेरणा प्रदान गरोस् ।”

प्रधानमन्त्री कार्कीले विविध धर्म, भाषा र संस्कृतिको सङ्गम रहेको हाम्रो मुलुकमा क्रिसमसजस्ता पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको पनि उल्लेख गरेकी छिन् ।

उनले ‘क्रिसमस डे’को अवसरमा सबै नेपालीको जीवनमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गरेकी छिन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट