२०८३, जेठ २७ गते

बुधवार, जेठ २७ गते २०८३

हरेक समस्याको समाधानका लागि पठाओको २४/७ कल सेन्टर र वाक–इन सपोर्ट सेवा

बिहिवार , पौष १०, २०८२

काठमाडौँ । डिजिटल राइड–सेयरिङ सेवा प्रदायक पठाओ नेपालले प्रयोगकर्ताको सुरक्षा र सेवा गुणस्तरलाई प्राथमिकतामा राख्दै २४ सै घण्टा, सातै दिन सञ्चालन हुने कल सेन्टर तथा प्रत्यक्ष वाक–इन सपोर्ट सेवा प्रदान गर्दै आएको जनाएको छ।

कम्पनीका अनुसार पठाओको २४/७ कल सेन्टरमार्फत ग्राहकले पठाओ प्रयोगका क्रममा देखिने कुनै पनि समस्या, जिज्ञासा वा आपत्कालीन अवस्थाका लागि तत्काल सहयोग र समाधान पाउन सक्ने व्यवस्था गरिएको छ।

दुर्घटना, विवाद, व्यवहारसम्बन्धी गुनासा, सामान हराउने, भुक्तानीसम्बन्धी समस्या तथा अन्य आपत्कालीन अवस्थाहरूमा कल सेन्टरले पहिलो प्रतिक्रिया दिने काम गरिरहेको कम्पनीले जनाएको छ।

कल सेन्टरमा प्राप्त गुनासा तथा आपत्कालीन सूचनाहरू आवश्यक परे तत्कालै क्विक रेस्पोन्स टिम (क्यूआरटी) वा कम्प्लेन रिसोलुसन टिम (सीआरटी) मा पठाइने व्यवस्था गरिएको छ, जसले घटनाको छिटो र प्रभावकारी समाधान सुनिश्चित गर्ने पठाओको दाबी छ।

कल सेन्टर सेवासँगै, प्रत्यक्ष सहयोग आवश्यक पर्ने प्रयोगकर्ताका लागि पठाओले वाक–इन सपोर्ट सेन्टर पनि सञ्चालनमा ल्याएको छ। कम्पनीका अनुसार उक्त सपोर्ट सेन्टर आइतबारदेखि शुक्रबारसम्म बिहान १० बजेदेखि साँझ ६ बजेसम्म खुला रहनेछ। वाक–इन सपोर्टमार्फत चालक तथा ग्राहकलाई प्रत्यक्ष र व्यक्तिगत परामर्श प्रदान गरिन्छ।

वाक–इन सपोर्ट सेन्टरबाट पठाओ चालकका अकाउन्टसम्बन्धी समस्या, कागजात अद्यावधिक, तालिम, सल्लाह, सुरक्षा सम्बन्धी जानकारी, भुक्तानीसम्बन्धी प्रश्न तथा अन्य सेवा–सम्बन्धी जटिलताहरू छिटो समाधान गरिने बताइएको छ। यसले सेवा प्रयोगकर्तालाई आफ्ना समस्या प्रत्यक्ष रूपमा राख्न, आवश्यक प्रमाण पेस गर्न तथा समाधान प्रक्रियालाई सहज बनाउन सहयोग पुग्ने कम्पनीले जनाएको छ।

विशेष गरी नयाँ पठाओ चालकले दर्ता प्रक्रियामा भोगेका समस्या, कागजात अद्यावधिक गर्नुपर्ने वा जटिल केस भएका प्रयोगकर्ताका लागि वाक–इन सपोर्ट सेवा अत्यन्त प्रभावकारी हुने पठाओको भनाइ छ।

कम्पनीका अनुसार कल सेन्टर र वाक–इन सपोर्ट सेवाले पठाओको सुरक्षा, पारदर्शिता र सेवा विश्वसनीयतालाई थप मजबुत बनाएको छ। यी सहायता प्रणालीमार्फत कुनै पनि समय र अवस्थामा उत्पन्न हुने समस्यालाई ढिलाइ वा बेवास्ता नगरी समाधान गर्ने प्रतिबद्धता पठाओले व्यक्त गर्दै आएको छ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट