एजेन्सी। युरोकप फुटबलमा बिहीबार तीन खेल हुँदैछ।
बिहीबार समूह चरण अन्तर्गत समूह ‘सी’ को दुई तथा समूह ‘बी’ को एक खेल हुनेछ। समूह ”सी” को युक्रेन र नर्थ म्यासेडोनिया’बी’च साँझ पौने ७ बजे प्रतिस्पर्धा हुनेछ।
पहिलो खेलमा युक्रेन नेदरल्यान्ड्ससँग ३-२ ले पराजित भएको थियो। यस्तै नर्थम्यासेडोनिया अष्ट्रियासँग ३-१ ले पराजित भएको थियो। पहिलो खेलमा हार ब्यहोरेका दुबै टिम बिहीबार जीतको खोजीमा हुनेछन्।
यसैगरी समूह ‘बी’मा रहेका बेल्जियम र डेनमार्कको खेल नेपाली समय अनुसार राति पौने १० बजे हुनेछ। पहिलो खेलमा बेल्जियमले रुसलाई ३-० ले हराएको थियो भने डेनमार्क फिनल्याण्डसँग १-० ले पराजित भएको थियो।
यसैगरी राति पौने १ बजे नेदरल्याण्ड्स र अस्ट्रिया खेल्नेछन्। नेदरल्यान्ड्सले पहिलो खेलमा युक्रेनलाई ३-२ ले र अष्ट्रियाले नर्थ म्यासेडोनियालाई ३-१ ले हराएका थिए।