विराटनगर । नेपाल निजामती कर्मचारी संगठन मोरङ, राष्ट्र सेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेड र राष्ट्र सेवक ज्येष्ठ नागरिक समाजको संयुक्त आयोजनामा विराटनगरमा वनभोज तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ।
संगठनले २०६० सालदेखि सुरु गरेको वनभोज संस्कृतिको निरन्तरता स्वरूप आयोजना गरिएको यस विशेष समारोहमा लामो समयसम्म राष्ट्र सेवामा समर्पित रही अनिवार्य अवकाश प्राप्त गरेका ३४ जना कर्मचारीहरूलाई सम्मान गरिएको हो।
कार्यक्रममा बोल्दै संगठनका पूर्व महासचिव एवं सहकारीका अध्यक्ष जीवन काफ्लेले ट्रेड युनियनलाई संगठित बनाउन र सदस्यहरूबीच चिनजानका साथै भावनात्मक एकता कायम गर्न यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

संगठन मोरङका अध्यक्ष शालिकराम कोइरालाले निवृत्त कर्मचारीहरूको सम्मान गर्दै सामूहिक आत्मीयताको विकास नै संगठनको मुख्य उद्देश्य रहेको र एक्लैले भन्दा मिलेर गर्दा धेरै उपलब्धि हासिल गर्न सकिने धारणा राखे ।
सो अवसरमा ओमराज सुवेदी, मुरारी घिमिरे, जीवन काफ्ले, विनोद कुमार न्यौपाने, बसन्त घिमिरे, राधा नेपाल, शरण गजमेर, जय काफ्ले, राजन भण्डारी, नन्दकिशोर काफ्ले, कृष्ण मिलन कार्की, तारा शर्मा खत्री, लिलादेवी शिवाकोटी, टेकनाथ घिमिरे, बलराम तिम्सिना, योगेन्द्र पौडेल र द्रोण प्रसाद पोखरेल सम्मानित भएका थिए ।

त्यसैगरी कृष्ण प्रसाद भट्टराई, सीताराम उपाध्याय, शुशीला श्रेष्ठ, खड्ग बस्नेत, राजेन्द्र प्रसाद श्रेष्ठ, राजेन्द्र घिमिरे, मात्रिका नेपाल, केसव अर्याल, पुलराज पुरी, बलराम गौतम, फणिन्द्र खत्री, चेतनाथ न्यौपाने, राम प्रसाद चापागाईँ, किशोर कार्की, खगेश्वर काफ्ले, डिल्ली धिमाल र पशुराम चालिसेलाई पनि उहाँहरूको राष्ट्र सेवाको कदर गर्दै सम्मान गरिएको छ।
सम्मानित व्यक्तित्वहरूको तर्फबाट मुरारी घिमिरेले मन्तव्य राखेको उक्त कार्यक्रममा संगठनका केन्द्रीय उपाध्यक्ष युवाचन्द्र घिमिरे लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन एवं संयोजन संगठनका सचिव सुरेश ढुंगेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस