काठमाडौं । नेपाली सेनाका पूर्वरथी बालानन्द शर्माले आज मन्त्रीको सपथ लिने भएका छन् । उनलाई आज २ बजे शपथ गराउने तयारी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
उनलाई रक्षा वा परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिने सम्भावना रहेको र केहीबरेमा टुंगो लाग्ने बताइएको छ । यी दुवै मन्त्रालय हाल प्रधानमन्त्री सुशीला कार्की आफैंले सम्हाल्दै आएकी छन् ।
नेपाली सेनामा माओवादी लडाकुहरुको समायोजनको कुशल डिजाइनरका रुपमा उनलाई चिनिन्छ । माओवादी लडाकु समायोजन समितिमा बसेर शान्ति प्रक्रिया टुंग्याउने पात्र मात्र होइनन्, कोभिड संकटको बेला सीसीएमसीमा समेत उनले काम गरेका थिए ।
प्रतिक्रिया दिनुहोस