२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

आठौँ बागलुङ महोत्सव सुरु, अध्यक्ष ढकालले गरे उद्घाटन

शुक्रवार , पौष ११, २०८२

बागलुङ। आठौँ बागलुङ महोत्सव आजदेखि सुरु भएको छ । बागलुङ नगरपालिका–१ रामरेखास्थित बाङ्गेचौर खेल मैदानमा आज झाँकी तथा बाजागाजासहित नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले महोत्सव उद्घाटन गरे ।

‘पर्यटन, कृषि, कला, संस्कृति, उद्योग र व्यापार, समृद्व बागलुङ निर्माणको आधार’ भन्ने नारासहित गण्डकी प्रदेशस्तरीय पर्यटन, कृषि औद्योगिक व्यापार मेला तथा बागलुङ महोत्सव आयोजना गरिएको उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजनकुमार शाक्यले बताए ।

पर्यटन प्रवर्द्धन, जिल्लाको विकासमा महोत्सवले सहयोग पु¥याउने अपेक्षा गरिएको छ । महोत्सवमा करिब १० लाखले अवलोकन गर्ने र रु १० करोडभन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको छ । महोत्सव यही पुस २१ गतेसम्म सञ्चालन हुनेछ ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट