विराटनगर । कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न चारवटा निर्णय गरेको छ ।
कोशी प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीका अनुसार आज बसेको बैठकले वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवर्द्धन कार्यक्रम कार्यान्वयन कार्यविधि २०८२ लाई स्वीकृत गरेको छ ।
त्यस्तै कोशी जनता आवास कार्यक्रम कार्यविधि लाई प्रदेश सरकार प्रदेश मामिला तथा विधायन समितिमा छलफल गरी अर्को मन्त्रिपरिषदको बैठकमा पेश गर्ने निर्णय भएको छ । त्यस्तै सम्पन्न आयोजना हस्तान्तरण कार्यविधि २०८२ लाई स्वीकृत गर्ने निर्णय समेत आजको बैठकले गरेको छ ।
आजको बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरुवा भई आएका सहसचिव नारायणप्रसाद रिसाललाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रदेश सचिवको रुपमा कामकाजमा खटाउने निर्णय समेत गरेको मन्त्री भण्डारीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस