२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

स्ववियुको पहलमा बानेश्वर बहुमुखी क्याम्पसको अतिक्रमित जग्गा फिर्ता

शनिवार , पौष १२, २०८२

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को पहल तथा क्याम्पस प्रशासनको सहकार्यमा बानेश्वर बहुमुखी क्याम्पसको लामो समयदेखि अतिक्रमणमा परेको १३ आना जग्गा पुनः क्याम्पसको मातहतमा ल्याइएको छ।

विद्यार्थीहरूको हक–हित संरक्षण तथा क्याम्पसको दीर्घकालीन विकासलाई ध्यानमा राख्दै स्ववियुले निरन्तर दबाब, समन्वय र पहल गरेपछि सम्बन्धित निकायको सहयोगमा अतिक्रमित जग्गा फिर्ता गर्न सफल भएको हो।

क्याम्पस प्रशासनले यस पहललाई सकारात्मक कदमको रूपमा लिँदै भविष्यमा शैक्षिक पूर्वाधार विस्तार, खेलमैदान तथा विद्यार्थीमैत्री संरचना निर्माणका लागि उक्त जग्गा उपयोग गरिने जानकारी दिएको छ।

क्याम्पस प्रमुख डा. घमानसिंह खड्काले लामो समयदेखि अतिक्रमणमा परेको क्याम्पसको जग्गा स्वतन्त्र विद्यार्थी युनियनको सक्रिय पहल, निरन्तर समन्वय र जिम्मेवार नेतृत्वका कारण पुनः क्याम्पसको मातहतमा ल्याउन सफल भएको बताए। स्ववियुले देखाएको चासो, प्रतिबद्धता र सक्रियताप्रति क्याम्पस प्रशासनले धन्यवाद दिए।

यस अभियानमा सहयोग पुर्‍याउनु हुने सम्बन्धित सरकारी निकाय, स्थानीय तह, सुरक्षाकर्मी, क्याम्पस परिवार तथा सचेत विद्यार्थीहरूलाई विशेष धन्यवाद दिदै प्रशासन र विद्यार्थी संगठनबीचको सहकार्यले सकारात्मक परिणाम ल्याउन सक्छ भन्ने उदाहरण आजको उपलब्धिले स्पष्ट गरेको समेत बताए।

स्ववियु अध्यक्ष भुमिराज अधिकारीले क्याम्पसको जग्गा केवल भौतिक सम्पत्ति मात्र होइन, यो हाम्रो शैक्षिक भविष्य, विद्यार्थीहरूको अवसर र संस्थाको पहिचानसँग जोडिएको विषय रहेको बताए। आज फिर्ता भएको यो जग्गा आगामी दिनमा शैक्षिक पूर्वाधार विस्तार, खेलकुद तथा विद्यार्थीमैत्री संरचना निर्माणका लागि उपयोग गरिने स्ववियू अध्यक्ष अधिकारीले बताए।

अध्यक्ष भुमिराज अधिकारीले अतिक्रमण हटाइनु क्याम्पसको सम्पत्ति संरक्षणतर्फको महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै यसमा सहयोग गर्ने सम्पूर्ण निकाय, प्रशासन तथा विद्यार्थीहरूलाई धन्यवाद व्यक्त गरे।

यस कदमले बानेश्वर बहुमुखी क्याम्पसको पहिचान, सम्पत्ति सुरक्षा तथा शैक्षिक वातावरण सुदृढ हुने विश्वास लिइएको छ। कार्यक्रममा क्याम्पसका प्रध्यापक स्ववियु पदाधिकारी विभिन्न विद्यार्थी संगठनका प्रतिनिधिहरु विद्यार्थीहरु लगाएतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट