मोरङ । मोरङको जहदा गाउँपालिका नजिकै प्रहरीले गाँजा कारोबार नियन्त्रणमा लिन गोली चलाएर ३३० किलो गाँजासहित २ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
जानकारीअनुसार, शनिबार राति १०ः३० बजे प्रहरीको उपस्थितिमा दुई भारतीय नागरिकले टाउकोमा बोकेको गाँजाको बोरा फालेर भाग्न खोजेका थिए। प्रहरीले चाइनिज पेस्तोलबाट १ राउण्ड हवाई फायर गरी उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेकामा भारतको अररिया जिल्ला चन्दामोहनका २४ वर्षीय अबुल हसन र ३० वर्षीय सोहेल खान रहेका छन्। मोरङ प्रहरी प्रमुख कवित कटवालले गाँजा ओसारपसारमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको पुष्टि गरेका छन्।
प्रतिक्रिया दिनुहोस