२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

पोखराको पर्यटनका लागि ‘सडक र हवाई कनेक्टिभिटी’ महत्वपूर्ण छ : मन्त्री घिसिङ

आइतवार , पौष १३, २०८२

कास्की । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले पर्यटकीय राजधानी पोखराको पर्यटन विकासका लागि अन्य देशसँगको सडक र हवाई कनेक्टिभिटी महत्वपूर्ण रहेको बताएका छन् ।

रेष्टुरेण्ट एण्ड बार एशोसिएशन नेपाल (रेवान) पोखराको आयोजनामा फेवाताल किनारमा आजदेखि सुरु भएको २७औँ संस्करणको पोखरा सडक महोत्सवको उद्घाटन गर्दै मन्त्री घिसिङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तरराष्ट्रिय उडान गर्न सरकारले प्राथमिकता दिएको बताए ।

“पोखराको विकासका लागि चीनको कोरला नाकासम्मको सडक सञ्जाल र पोखरा विमानस्थलबाट अन्तरराष्ट्रिय उडान हुनु आवश्यक छ । एयर कनेन्टिभिटीलाई सरकारले प्राथमिकता दिएको छ । यो जियोपोलिटिक्स कुरासमेत हो । अब आउने सरकारले यस विषयलाई प्राथमिकतामा राखेर समाधान गर्नुपर्छ । पर्यटकीय सहरमा एयरपोर्ट सञ्चालन गर्दा यहाँको पर्यटनलाई ठूलो मद्दत पुग्छ”, मन्त्री घिसिङले भने ।

पोखरादेखि मुस्ताङस्थित चीनको कोरला नाकासम्म सडक सुधार र कालोपत्र गर्ने काम भइरहेकाले आगामी दिनमा यहाँको पर्यटन विकास तथा चीनसँगको व्यापारमा योगदान पुग्ने उनले बताए । मुस्ताङबाट कोरलासम्म ५० किमी सडक कालोपत्र गर्न अर्थमन्त्रालयसँगको सहमतिमा टेण्डर प्रक्रिया अघि बढाइएको मन्त्री घिसिङले जानकारी दिए ।

मन्त्री घिसिङले पोखराका कुँडहरदेखि लेकसाइडसम्मको सडकको विद्युत्को तार भूमिगत गर्ने काम भइरहेको बताए । उनले पोल र तार हटाएर सुन्दर पोखरा अभियान बनाउन सरकार लागिपरेको उल्लेख गरे । पर्यटनको हव पोखरामा पर्यटकीय पूर्वाधारका लागि धेरै काम गर्नुपर्ने भए पनि सङ्घीय सरकारले अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल र मनाङका पर्यटकीयस्थलसम्म ग्रिड कनेक्टिभिटीका क्षेत्रमा काम गरेको मन्त्री घिसिङको भनाइ थियो ।

फेवाताल, रुपाताल र बेगनास तालको संरक्षण तथा सम्वर्द्धनका लागि प्रदेश र स्थानीय सरकारसँग मिलेर काम गर्ने योजना रहेको उनले बताए ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट