२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

नुहाउन गएकी युवती लोहन्द्र खोलामा मृत फेला

सोमवार , पौष १४, २०८२

मोरङ । नुहाउनलाई भनेर मोरङको ग्रामथान गाउँपालिका–४ चपरमाडीस्थित लोहन्द्रा खोलामा गएकी एक जना युवती मृत फेला परेकी छन् ।

प्रहरीका अनुसार खोलामा डुबेर मृत्यु भएको अवस्थामा ग्रामथान–६ की २६ वर्षीय पूजा माझीको शव फेला परेको हो । नुहाउन भनेर खोलामा गएकी उनलाई आइतबार राति १० बजेतिर डुबेर मृत्यु भएको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ ।

मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले कानुनी प्रक्रिया पूरा गरी खोलाबाट निकालेर शवलाई पोस्टमार्टमका लागि विराटनगरको कोशी अस्पताल पठाइएको जानकारी दिइन् । अविवाहित रहेकी पूजाको मृत्युको कारण खुल्न सकेको छैन ।

नुहाउने क्रममा कठ्यांग्रिएर उनको मृत्यु भएको हो कि घटनाको अन्य कुनै कारण छ भनेर पत्ता लगाउन अनुसन्धान तीव्र पारिएको चुँडालले बताइन् । मृत फेला परेकी पूजा करिब १०–१२ वर्षदेखि छारेरोग ९मिर्गी०को बिरामी रहेको जानकारी परिवारका सदस्यले प्रहरीलाई दिएका छन् ।

इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर राजीव गिरी नेतृत्वको टोलीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट