काठमाडौं । सेयर कारोबारी दीपेन्द्र अग्रवाल ४९ लाख १९ हजार ८६५ रुपैयाँ धरौटी जमानत बुझाएर छुटेका छन्।
सिआइबीले उनलाई पुस ४ गते पक्राउ गरेको थियो। उनीविरूद्ध नेपाल धितोपत्र बोर्डले उजुरी गरेपछि सिआइबीले उनलाई पक्राउ गरेको थियो।
बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदनका अनुसार अग्रवालले जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सेयर खरिद गरेका थिए। उनले धितोपत्रसम्बन्धी ऐन, २०६४ को दफा ९७ (ग) बमोजिम झुक्क्याउने विवरण दिएर भ्रामक सूचना सार्वजनिक गरेको आरोप छ।
अग्रवाललाई मुलुकी फौजदारी कार्यिवधि संहिता, २०७४ को दफा १५ को व्यवस्था अनुसार सिआइबीले नै जमानत लिएर छाडेको हो । उक्त दफामा हिरासतमा रहेको व्यक्तिलाई अनुसन्धान अधिकारीले छाड्न सक्ने उल्लेख छ।
प्रतिक्रिया दिनुहोस