काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले तमु समुदायको तमु ल्होसार र दुरा समुदायको म्हैप्रु नकुमा पर्वको अवसरमा शुभकामना व्यक्त गरेकी छन् ।
उनले पर्वहरूले आपसी एकता, शान्ति र सद्भाव बढाउने प्रेरणा प्रदान गर्नुपर्नेमा जोड दिइन् । प्रधानमन्त्री कार्कीले शुभकामना सन्देशमार्फत पर्वहरूले बहुसांस्कृतिक पहिचानलाई अझ सुदृढ बनाउँदै देशभित्र र विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख र समृद्धि ल्याओस् भन्ने कामना गरेकी छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले लेखेकी छन्, ‘यी पर्वहरूले हाम्रो बहुसांस्कृतिक पहिचानलाई थप सुदृढ गर्दै आपसी एकता, शान्ति र सद्भाव बढाउन प्रेरणा प्रदान गरुन् । सबै नेपालीको जीवनमा सुख र समुन्नति होस् ।’
प्रधानमन्त्रीले पर्वको अवसरमा सन्देशमार्फत राष्ट्रिय एकता र सामाजिक सद्भावका महत्वलाई पुनः स्मरण गराएकी छन् ।
प्रतिक्रिया दिनुहोस