युरोकप फुटबलमा शनिबार फ्रान्स र हंगेरी खेल्दैछन् । समूह ‘एफ’मा रहेका फ्रान्स र हंगेरीबीचको खेल बेलुकी पौने ७ बजे पुस्कास एरिनामा हुनेछ ।
पहिलो खेलमा जर्मनीलाई १-० ले हराएको फ्रान्स ३ अंक जोडेर समूहको दोस्रो स्थानमा छ । हंगेरी भने पहिलो खेलमा पोर्चुगलसँग ३-० ले पराजित भएको थियो । हंगेरी समूहको पुछारमा छ ।
यो खेलमा फ्रान्सका केलियन एमबाप्पे सबैको नजरमा हुनेछन् । तीव्रगतिको दौड र उत्कृष्ट फिनिसङबाट परिचित युवा अट्याकर एमबाप्पे हंगेरीविरुद्ध फ्रान्सका लागि सबैभन्दा महत्वपूर्ण खेलाडी हुनेछन् ।
यस्तै फ्रान्सका करिम बेन्जिमा, एन्टोनियो ग्रीजम्यानमा दर्शकको आँखा रहनेछ भने हंगेरीका डिफेन्डर विलि ओर्वानको भूमिका महत्वपूर्ण हुनेछ । उनी बुन्डेसलिगा क्लब आरबी लाईपजिगबाट खेल्दै आएका छन् ।