२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

सञ्चारमन्त्री खरेलले गरे ज्यापु सङ्ग्रहालय अवलोकन

बिहिवार , पौष १७, २०८२

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले ज्यापु सङ्ग्रहालयको अवलोकन गरेका छन् ।

मन्त्री खरेलले सङ्ग्रहालयको अवलोकनका साथै ज्यापु समाजका पदाधिकारीहरूसँग छलफल गरेका हुन् ।

“आफ्नो मौलिकता र सौन्दर्यले भरिपूर्ण यो सङ्ग्रहालयको महत महत्व छ, मौलिक कला, संस्कृति र सभ्यतामा धनी ज्यापु समुदायले माटोप्रति दर्शाएको मायालाई प्रचारप्रसार गर्दै हामीले हाम्रो आत्मीयता, आपसी सद्भावलाई विश्वसामु परिचित गराउनुपर्छ,” मन्त्री खरेलले भने ।

त्यसअघि समाजका अध्यक्ष सन्तमान महर्जनलगायत समाजका पदाधिकारीले मन्त्री खरेलको स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट