२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

सुनसरीमा सशस्त्र प्रहरीले चलाएको गोली लागेर सिटी सफारी चालकको मृत्यु, स्थानीय आक्रोशित

बिहिवार , पौष १७, २०८२

मोरङ । सुनसरीको कोशी गाउँपालिका–१ मा बुधबार राति सशस्त्र प्रहरीले चलाएको गोली लागेर स्थानीय ४५ वर्षीय विजय साहको मृत्यु भएको छ।

सुनसरी प्रहरी प्रवक्ता चन्द्रबहादुर खड्काका अनुसार साह सिटी सफारीमा ८–१० बोरा चिनी लोड गरेर भारतबाट नेपालतर्फ ल्याउँदै थिए। गस्तीमा खटिएको सशस्त्र प्रहरी बल (एपीएफ)को टोलीले उनीमाथि गोली चलाएको हो।

प्रहरीका अनुसार मालसामान ओसारपसारको विषयमा केही समय विवाद हुँदा गोली प्रहार भएको हो। साह घटनास्थलमै मृत्यु भएका छन्।

साहको मृत्युपछि स्थानीय आक्रोशित भएका छन् र शव उठाउन दिएका छैनन्। डिएसपी खड्काले स्थानीयसँग वार्ता भइरहेको र घटनाबारे अनुसन्धान जारी रहेको जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट