२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

खोला किनारको मापदण्ड खारेजीको माग गर्दै प्रदर्शन

बिहिवार , पौष १७, २०८२

काठमाडौं । काठमाडौं उपत्यकाका सडक र खोला किनारका बासिन्दाहरुले नदी तथा खोलाको मापदण्ड खारेजीको माग गर्दै प्रदर्शन गरेका छन् ।

आज माइतीघर मण्डलामा पीडितहरुले नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् । गैर न्यायिक खोला मापदण्ड खारेजीको माग गर्दै साँचल सङ्घर्ष समिति, विष्णुमति करिडोर (चमति) तदर्थ समिति, संयुक्त खोला मापदण्ड प्रभावित सङ्घर्ष समिति, बागमती–मनोहरा सरोकार समितिको आयोजनामा विरोध प्रदर्शन गरिएको हो ।

प्रदर्शनीमा ‘फैसला होइन न्याउ देउ, गैर न्यायिक खोला मापदण्ड खारेज गर’, ‘जनतालाई उठिबास गर्ने गैर न्यायिक सडक तथा खोला मापदण्ड खारेज गर’, ‘खोला मिच्न पाइँदैन, मापदण्डको नाममा जनता विस्थापित गर्न पाइँदैन’, ‘खोला नदीको मापदण्ड खारेज गर’ भन्ने नाराका साथ विरोध प्रदर्शन भएको हो ।

सर्वोच्च अदालतले नदी किनारबाट दायाँबायाँ २०/२० मिटर छाडेर मात्र संरक्षण बनाउन पाइने आदेश दिएको थियो । सो निर्णयको खारेजीको माग राख्दै प्रदर्शन गरिएको हो ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट