२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

रवि लामिछानेलाई जिल्ला अदालतले मागेको ६० लाख धरौटी उच्च अदालतद्वारा सदर

बिहिवार , पौष १७, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग काठमाडौं जिल्ला अदालतले मागेको ६० लाख रुपैयाँ धरौटी उच्च अदालत पाटनले सदर गरेको छ।

न्यायाधीशहरु खडानन्द तिवारी र दिपककुमार खरेलको इजलासले स्वर्णलक्ष्मी सहकारी ठगीको मुद्दामा जिल्ला अदालत काठमाडौंको आदेश सदर गरेको हो ।

प्रतिवादीहरू रवि लामिछाने, छविलाल जोशी, सुनिता नेवा र कमल लामालाई धरौटीमा छाड्ने जिल्ला अदालतको आदेशलाई सदर गरेको हो । उक्त आदेश ‘बेरीतको’ (कानुन विपरीत) भएको भन्दै सरकारी पक्षले पुनरावलोकनका लागि उच्च अदालतमा निवेदन दिएको थियो ।

अदालतले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ बमोजिम धरौटी माग गर्ने निर्णय उचित भएको ठहर गरेको छ। यससँगै उनीहरू हाललाई धरौटी बुझाएर तारेखमा बसी मुद्दा लड्न पाउने भएका छन्।

गत २ माघ, २०८१ मा जिल्ला अदालत काठमाडौंले लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट