२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

सुनौलो नेपालको प्यानल डिस्कसन ‘भरतपुर कन्क्लेभ’ सुरु

शुक्रवार , पौष १८, २०८२

काठमाडौं । सुनौलो नेपालले आयोजना गरेको ‘भरतपुर कन्क्लेभ’ भरतपुरस्थित होटल सिराइचुलीमा सुरु भएको छ । कार्यक्रम भरतपुरको विकास मोडल, पर्यटन प्रवर्द्धन र मेडिकल हबका रूपमा यसको भविष्यका सम्भावनामा केन्द्रित रहनेछ ।

कार्यक्रममा अहिले शैक्षिक उद्यमी सुरेन्द्र सुवेदीले ‘मैले देखेको भरतपुर’ विषयमा मन्तव्य राख्दै छन् ।

केही समयमा कार्यक्रमको पहिलो सेसन सुरु हुँदैछ, जुन भरतपुरको विकास तथा निर्माणमा केन्द्रित हुनेछ । यस प्यानलमा भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा। मिनबहादुर श्रेष्ठ र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माको सहभागिता रहनेछन् । सेसनको सहजीकरण वरिष्ठ पत्रकार राजेन्द्र बानियाँले गर्नेछन् ।

दोस्रो सेसनमा भरतपुरको पर्यटन विकासबारे छलफल हुनेछ । यस प्यानलमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली र डा। विश्व सुवेदी सहभागी हुनेछन् । छलफलको सहजीकरण पत्रकार समा थापाले गर्नेछिन् ।

तेस्रो सेसनमा भरतपुरलाई मेडिकल हबका रूपमा कसरी विकास गर्न सकिन्छ भन्ने विषयमा प्यानल डिस्कसन हुनेछ । यो सेसनमा भरतपुर अस्पतालका पूर्व अध्यक्ष डा। भोजराज अधिकारी, ओम मेघा श्री फर्मास्युटिकल्सका अध्यक्ष अर्जुनकुमार श्रेष्ठ, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका निर्देशक डा. शिवजी पौडेल र सिटिजन्स लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल सहभागी हुनेछन् । यो सेसनको सहजीकरण प्रकाश ज्ञवालीले गर्नेछन् ।

कार्यक्रममा अर्थमन्त्री रामेश्वर खनाल प्रमुख वक्ता रहनेछन् भने सञ्चारमन्त्री जगदीश खरेल विशेष अतिथिका रूपमा सहभागी हुनेछन् । सुनौलो नेपालका अध्यक्ष मोहराज पौडेलले कन्क्लेभले भरतपुरको समग्र विकासका लागि नयाँ दिशा र मार्गचित्र प्रस्तुत गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट