चितवन । पर्यटन विज्ञ डा. विश्व सुवेदीले चितवनलाई पर्यावरणमैत्री पर्यटनको केन्द्र भएको बताएका छन्। भरतपुर महानगरपालिकाको सहकार्यमा सुनौलो नेपालले आयोजना गरेको ‘भरतपुर कन्क्लेभ’ कार्यक्रममा उनले यस्तो बताएका हुन्।
डा. सुवेदीले भरतपुर, लुम्बिनी र पोखरालाई गोल्डेन ट्रायङ्गलको रूपमा विकास गर्नुपर्ने सुझाए। उनका अनुसार लुम्बिनीलाई सांस्कृतिक पर्यटन, पोखरालाई टेकि पर्यटन र चितवनलाई वाइल्डलाइफ सफारी पर्यटनको रूपमा अघि बढाउने गृहकार्य भइरहेको छ। उनले यसका लागि प्रचारप्रसार भइरहेको पनि बताए ।
उनले पर्यटनलाई उद्योग सरह मान्यता नदिइएको भन्दै उनले सूचना, सञ्चार तथा प्रविधिमन्त्री जगदिश खरेलको ध्यानाकर्षण गराए। डा. सुवेदीका अनुसार, चितवन राष्ट्रिय निकुञ्ज पर्यटनमैत्री नभएको छ र निकुञ्ज तथा वन क्षेत्रले पर्यटन विकासमा समस्या भइरहेको बताए ।
कार्यक्रमको दोस्रो प्यानलमा पर्यटन विज्ञ डा. विश्वराज सुवेदी अध्यक्ष ढकालसहित, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली र सहभागी थिए । तीन प्यानलिस्टलाई पत्रकार समा थापाले सहजीकरण गरेकी हुन् ।
सुनौलो नेपालले भरतपुर महानगरपालिकाको सहकार्यमा आज चितवनको भरतपुरमा ‘भरतपुर कन्क्लेभ’ को आयोजना गरेको हो । भरतपुरस्थित होटल सिराइचुलीमा भएको उक्त कार्यक्रम भरतपुरको विकास मोडल, पर्यटन प्रवर्द्धन र मेडिकल हबका रूपमा यसको भविष्यका सम्भावनामा केन्द्रित रहेको छ । तीन वटा प्यानलमा विभाजित कार्यक्रममा भरतपुरको विकास मोडल, पर्यटन प्रवर्द्धन र मेडिकल हबका रूपमा यसको भविष्यका सम्भावनामा केन्द्रित रहेको छ ।
प्रतिक्रिया दिनुहोस