२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

भरतपुर मुलुककै मूख्य सहर हो : मन्त्री खरेल

शुक्रवार , पौष १८, २०८२

काठमाडौं । सञ्चारमन्त्री तथा सुनौलो नेपालको भरतपुर कन्क्लेभ कार्यक्रममा प्रमुख अतिथि जगदीश खरेलले भरतपुर मुलुककै केन्द्रीय सहर भएको बताएका छ ।

शुक्रबार सुनौलो नेपालले चितवनको भरतपुरमा आयोजना गरेको भरतपुर कन्क्लेभ कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।

उनले भने, ‘जसरी अमेरिकाको राजधानी वासिङटन डिसी हो, तर अमेरिकाको मूख्य सहर न्यूयोर्क हो । त्यसैगरी काठमाडौ नेपालको राजधानी भएपनि भूगोलका हिसावले र विकाशका हिसावले पनि भरतपुर मुलुकको केन्द्रीय सहर हो ।’

संस्कृतिका हिसावले र देशैभरीका मानिसको बसोबास भएका हिसावले पनि भरतपुर नेपालको मूख्य सहर भएको मन्त्री खरेलले बताए ।

उनले थप भने, ‘जापानको टोकियो, भारतको नयाँ दिल्ली, बलायतको लण्डन, फ्रान्सको पेरिस भए जस्तै नेपालको भरतपुर हो ।’

सुनौलो नेपालले भरतपुर महानगरपालिकाको सहकार्यमा आज चितवनको भरतपुरमा ‘भरतपुर कन्क्लेभ’ को आयोजना गरेको हो । भरतपुरस्थित होटल सिराइचुलीमा भएको उक्त कार्यक्रम भरतपुरको विकास मोडल, पर्यटन प्रवर्द्धन र मेडिकल हबका रूपमा यसको भविष्यका सम्भावनामा केन्द्रित रहेको छ ।

तीन वटा प्यानलमा विभाजित कार्यक्रममा भरतपुरको विकास मोडल, पर्यटन प्रवर्द्धन र मेडिकल हबका रूपमा यसको भविष्यका सम्भावनामा केन्द्रित रहेको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट