२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

सेती देवी मावि र शिवशक्ति प्राविमा ४९० थान न्यानो कपडा वितरण

शनिवार , पौष १९, २०८२

काभ्रे । काभ्रे जिल्लाको तेमाल गाउँपालिका–८ मा अवस्थित सेती देवी माध्यमिक विद्यालय, शिवशक्ति प्राथमिक विद्यालय र तेमाल–भरज्याङ आमा समूहलाई लक्षित गरी न्यानो कपडा वितरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य इन्द्र भुषालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

कार्यक्रममा प्रमुख अतिथि भुषालले विशेष सम्बोधन गर्दै सामाजिक उत्तरदायित्व र शिक्षा क्षेत्रमा सहयोगको महत्वबारे प्रकाश पारे। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी व्यस्त चुनावी कार्यक्रम चलिरहेकै बेला आफ्ना प्रचार–प्रसारका गतिविधि केही समय स्थगित गर्दै उनी सामाजिक सेवाका लागि तेमाल पुगेका हुन्।

काठमाडौँ क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार सिफारिस भएका भुषालले शिक्षा र सामाजिक सेवामा लगानी गर्नु दीर्घकालीन राष्ट्र निर्माणको आधार भएको उल्लेख गरे। व्यस्त चुनावी समय हुँदाहुँदै पनि सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै न्यानो कपडा वितरण कार्यक्रममा सहभागी हुनु प्रशंसनीय रहेको सहभागीहरूको भनाइ थियो।

कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका युवा नेता दुधराज तामाङ, स्वतन्त्र विद्यार्थी युनियन बानेश्वर बहुमुखी क्याम्पसका अध्यक्ष भुमिराज अधिकारी, युवा नेता तथा समाजसेवी तिर्थ तामाङ, पत्रकार राज त्रिपाठीलगायतको उपस्थिति रहेको थियो।

युवा नेता दुधराज तामाङ र तिर्थ तामाङलगायतको पहलमा आयोजित कार्यक्रममा श्री सेती देवी माध्यमिक विद्यालयका १२४ जना विद्यार्थी तथा शिक्षक–शिक्षिकालाई ज्याकेट, स्वीटर, ट्राउजरलगायत न्यानो कपडा वितरण गरिएको थियो। साथै श्री शिवशक्ति प्राथमिक विद्यालय र तेमाल–भरज्याङ आमा समूहलाई समेत न्यानो कपडा सहयोग प्रदान गरिएको आयोजकले जनाएको छ।

दुई विद्यालय र एक आमा समूहलाई लक्षित गरी करिब ४ सय ९० थान न्यानो कपडा वितरण गरिएको जनाइएको छ। जाडो मौसममा विद्यार्थी, शिक्षक तथा स्थानीय समुदायलाई सहयोग पुर्‍याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा बोल्ने वक्ताहरूले यस्ता सामाजिक तथा शैक्षिक सहयोग कार्यक्रमहरूले शिक्षा क्षेत्रमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे। कार्यक्रममा स्थानीय समाजसेवी, बुद्धिजीवी, शिक्षक–शिक्षिका, अभिभावक तथा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

न्यानो कपडा वितरण कार्यक्रमबाट विद्यार्थीहरू प्रत्यक्ष रूपमा लाभान्वित भएको भन्दै विद्यालय परिवारले आयोजक तथा सहयोगीप्रति आभार व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट