२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

काठमाडौं उपत्यकामा जाडो बढ्यो, तापक्रम ३ डिग्रीमा झर्‍यो

सोमवार , पौष २१, २०८२

काठमाडौं । काठमाडौं उपत्यकामा चिसो बढ्दै गएको छ। तापक्रममा आएको गिरावटसँगै उपत्यकामा जाडो थप बढेको हो।

जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर नै जाडो बढिरहेको छ। काठमाडौंमा आज यो वर्षकै न्यूनतम तापक्रम मापन भएको छ, जसका कारण उपत्यकामा चिसोको प्रभाव बढेको छ।

मौसमविद्का अनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियसमा झरेको छ। काठमाडौंमा ३.७ डिग्री सेल्सियस मापन हुँदा ललितपुरको सानेपा क्षेत्रमा तापक्रम ३.३ डिग्री सेल्सियसमा झरेको छ।

आइतबारदेखि काठमाडौं उपत्यकामा घाम कम देखिन थालेको छ, जसले चिसो अझ बढाएको छ।

यसैबीच, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जाडो बढ्ने पूर्वानुमान गर्दै अनावश्यक काममा बाहिर ननिस्किन आग्रह गरेको छ। जाडोको समयमा बालबालिका, गर्भवती महिला, वृद्धवृद्धा तथा दीर्घरोगीहरूलाई अन्यको तुलनामा बढी समस्या हुन सक्ने भएकाले विशेष सतर्कता अपनाउन मन्त्रालयले सुझाव दिएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट