२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

काठमाडौंमा यस वर्षको सबैभन्दा कम तापक्रम ३.४ डिग्री सेल्सियस मापन, देशभर जाडो बढ्दै

मंगलवार , पौष २२, २०८२

काठमाडौं। जल तथा मौसम विज्ञान विभागले काठमाडौंमा आज बिहान ५ः४५ बजे न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस मापन गरेको जनाएको छ। यो यस वर्षको हालसम्मकै सबैभन्दा कम तापक्रम हो।

मौसमविद्का अनुसार, केही दिनयता काठमाडौं उपत्यकामा न्यूनतम तापक्रम लगातार घट्दै गएको छ। शनिबार ४.७ डिग्री सेल्सियस आइतबार ४ डिग्री सेल्सियस सोमबार ३.५ डिग्री सेल्सियस र मंगलबार बिहान ३.४ डिग्री सेल्सियस मापन भएको हो। अधिकतम तापक्रममा भने ठूलो उतारचढाव छैन।

तराईका क्षेत्रमा बिहानपख हुस्सु र कुहिरो केही दिन जारी रहने सम्भावना रहेको मौसमविद् ढकालले जानकारी दिए। हालको अवस्थामा ‘शीतलहर’ भने घोषणा गरिएको छैन।

जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी तीन दिनसम्म देशभर ठूलो वर्षाको सम्भावना छैन। केही उच्च पहाडी र हिमाली भूभागमा मात्र हल्का हिमपातको सम्भावना छ। विभागले यस वर्ष हिउँदे वर्षा सामान्यतया कम हुने प्रक्षेपण गरेको छ।

विगतका वर्षमा हिउँदे वर्षा घट्दै गएको र सुक्खा बढ्दै गएको अवस्थाले मानव स्वास्थ्य र कृषि प्रणालीमा असर पुर्‍याउन सक्ने बताइएको छ। विज्ञहरूले यस अवस्थालाई जलवायु परिवर्तनसँग जोड्ने गरेका छन्।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट