२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

मुलुककै पुरानो औद्योगिक नगर भद्रपुरमा नौ वर्षपछि औद्योगिक तथा व्यापार महोत्सव हुँदै

मंगलवार , पौष २२, २०८२

झापा । मुलुककै पुरानो औद्योगिक नगर भद्रपुरमा नौ वर्षपछि औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सव आयोजना गरिने भएको छ । झापा उद्योग वाणिज्य सङ्घको आयोजनामा हुने महोत्सव आगामी माघ ७ देखि २१ गतेसम्म मेची रङ्गशालामा हुनेछ ।

‘समृद्धिको आधार, आर्थिक विकासः कृषि, पर्यटन, उद्योग र व्यापार’ भन्ने नाराका साथ महोत्सव आयोजना हुने सङ्घका कार्यवाहक अध्यक्ष राजकुमार राईले बताए ।

जेनजी आन्दोलनपछि निजी क्षेत्रमा फैलिएको निराशा र त्रासलाई चिर्न महोत्सवले सकारात्मक भूमिका खेल्ने विश्वास गरिएको उनले बताए ।

महोत्सवमा घरेलु, कृषि, पर्यटन, अन्तरराष्ट्रिय वस्तु तथा सेवाहरूको प्रवर्द्धनका लागि एक सयभन्दा बढी स्टल रहनेछन् । एक करोड २० लाख अनुमानित खर्च लाग्ने महोत्सवबाट कम्तीमा १० करोडको कारोबार हुने र एक लाख अवलोकनकर्ता आउने लक्ष्य राखिएको अध्यक्ष राईले बताए ।

महोत्सव सफल बनाउन विभिन्न नौवटा उपसमिति गठन गरिएको छ । आदित्य पराजुली संयोजक रहनेगरी आर्थिक सङ्कलन तथा व्यवस्थापन समिति, खड्गबहादुर लिम्बू संयोजक रहनेगरी मञ्च व्यवस्थापन समिति, पवनकुमार श्रेष्ठको संयोजकत्वमा स्टल व्यवस्थापन समिति, माधव विद्रोहीको संयोजकत्वमा प्रचारप्रसार समिति गठन गरेको छ ।

यस्तै रोहित काफ्लेको संयोजकत्वमा उपहार तथा प्रकाशन समिति, अम्बिका पोखरेलको संयोजकत्वमा सुरक्षा तथा स्वयंसेवक समिति, अनिता कार्कीको संयोजकत्वमा स्वागत तथा सत्कार समिति, राजेन्द्रकुमार घिमिरेको संयोजकत्वमा अनुगमन समिति निर्माण गरिएको उनले बताए ।

भद्रपुर नगरपालिकाकी उपप्रमुख राधा कार्कीले महोत्सव सफल बनाउन भद्रपुर नगरपालिकाले अभिभावकको भूमिका निर्वाह गर्ने बताइन्।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट