२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

सङ्खुवासभामा करेन्ट लागेर एक जनाको मृत्यु

मंगलवार , पौष २२, २०८२

किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभाको मकालु गाउँपालिका–५ माङ्सिमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

मकालु–५ माङ्सिमाको सिमली खोला नजिक बिजुलीको तार चुँडिएर करेन्ट लाग्दा स्थानीय अमरबहादुर राईको मृत्यु भएको हो ।

भारी बोकेर हिँड्दै गरेको अवस्थामा उनलाई करेन्ट लागेको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक धनबहादुर राजवंशीले बताए ।

राईको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट