एजेन्सी । ब्राजिलमा जारी कोपा अमेरिका फुटबलमा अर्जेन्टिनाले दोस्रो जित निकालेको छ ।
मंगलबार बिहान भएको खेलमा पाराग्वेलाई १-० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले दोस्रो जित निकालेको हो । अर्जेन्टिनाका लागि खेलको दशौं मिनेटमा अलेजान्द्रो ड्यारियो गोमेजले गोल गरे । खेलको धेरैजसो समय बल नियन्त्रणमा लिए पनि पाराग्वेले गोल गर्न सकेन ।
यस जितसँगै समूह ‘ए’ को अर्जेन्टिनाले ३ खेलमा ७ अंक जोडेको छ । अर्जेन्टिना समूहको शीर्ष स्थानमा रहेको छ ।
पाराग्वेले २ खेलमा ३ अंक जोडेको छ । पाराग्वे तेस्रो स्थानमा रहेको छ ।