२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

कांग्रेसले भन्यो : विशेष महाधिवेशन बोलाउने अधिकार पदाधिकारी वा सदस्यलाई छैन

बुधवार , पौष २३, २०८२

काठमाडौँ । नेपाली कांग्रेसले विशेष महाधिवेशन बोलाउने अधिकारी व्यक्तिगत रूपमा पार्टीका कुनै पनि पदाधिकारी वा सदस्यलाई नभएको बताएको छ ।

मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज विज्ञप्ति जारी गरेर विशेष महाधिवेशनमा सहभागी नहुन भनेका छन् ।

पार्टीको विधानमा व्यवस्था भए बमोजिम कुनै पनि तहको अधिवेशन वा विशेष महाधिवेशन बोलाउने अधिकार पदाधिकारी वा सदस्यलाई नभई केवल पार्टीको केन्द्रीय कार्यसमितिलाई मात्र रहेको उनले बताएका छन् ।

महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन हुनुपर्ने बताउँदै आएका छन् ।

विशेष महाधिवेशन पक्षधरले यही पुस २७ र २८ गते भृकुटीमण्डपमा विशेष महाधिवेशनको घोषणा गरेका हुन् ।

\

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट