काठमाडौं । काठमाडौंको शंकरापुर नगरपालिका–३ स्थित जंगलमा बस दुर्घटनाभएको छ ।
बुधबार साँझ करिब ५ः४५ बजेतिर जर्सिङ पौवाबाट साखुतर्फ पिकनिक गएर फर्कँदै गरेको बा ४ ख ८७८८ नम्बरको महानगर यातायातको बस सडकबाट करिब १०० मिटर तल खसेर दुर्घटनामा परेको हो ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार दुर्घटनापछि घटनास्थलबाट सबै यात्रुलाई उद्धार गरी विभिन्न अस्पतालमा पठाइएको छ । सुरक्षाकर्मीले घाइते यात्रुलाई उद्धार गरेर एम्बुलेन्स मार्फत अस्पतालमा पठाएका हुन् ।
बसमा ३५ देखि ४० जना सवार थिए । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।
प्रतिक्रिया दिनुहोस