२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

प्रतिनिधिसभा निर्वाचनका लागि ‘निर्वाचन प्रहरी’ मा भर्ना खुल्यो, १ लाख ३३ हजार ९८० जनाको माग

बिहिवार , पौष २४, २०८२

काठमाडौं । सरकारले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै निर्वाचन प्रहरी भर्ना खुलाएको छ। निर्वाचन सुरक्षालाई प्रभावकारी बनाउने उद्देश्यले ठूलो संख्यामा अस्थायी निर्वाचन प्रहरी भर्ना खुलाएको हो।

प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभाग अन्तर्गतको भर्ना छनोट शाखाले सूचना जारी गर्दै १ लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी आवश्यक पर्ने जनाएको छ। जारी सूचनाअनुसार निर्वाचनको समयमा मतदान केन्द्र, मतपेटिका ढुवानी, सुरक्षा व्यवस्थापन तथा निर्वाचनसम्बन्धी सम्पूर्ण गतिविधिमा खटाइने गरी प्रहरी जनशक्ति परिचालन गरिनेछ।

भर्नाका लागि यही पुस २५ गते शुक्रबारदेखि फागुन १ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। सूचनाअनुसार सार्वजनिक बिदाका दिनसमेत दर्खास्त फाराम स्वीकार गरिनेछ, जसले इच्छुक उम्मेदवारलाई आवेदन दिन थप सहजता प्रदान गर्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ।

निर्वाचन प्रहरीका रूपमा भर्ना हुने जनशक्तिलाई निर्वाचन आचारसंहिता, सुरक्षा व्यवस्था, मतपेटिका सुरक्षा, भीड व्यवस्थापन तथा आकस्मिक परिस्थितिमा अपनाउनुपर्ने उपायसम्बन्धी आवश्यक तालिम प्रदान गरिने जनाइएको छ।

सरकारले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण र विश्वसनीय बनाउन सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै आएको छ। सोही रणनीतिअनुसार ठूलो संख्यामा निर्वाचन प्रहरी परिचालन गर्ने तयारी गरिएको हो।

निर्वाचन प्रहरी भर्नासम्बन्धी थप विवरण, योग्यता, मापदण्ड तथा आवेदन प्रक्रिया प्रहरी प्रधान कार्यालयको आधिकारिक सूचनामार्फत सार्वजनिक गरिएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट