२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

जहरसिंहपौवा-साँखु बस दुर्घटना अपडेटः मृतकको संख्या ५ पुग्यो, ३३ जना घाइते

बिहिवार , पौष २४, २०८२

काठमाडौं । काठमाडौंको जहरसिंहपौवा–साँखु सडकखण्डमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुगेको छ भने ३३ जना घाइते भएका छन्।

बा ४ ख ८७८८ नम्बरको बस बुधबार साँझ दुर्घटना हुँदा तीन महिला र दुई पुरुषको मृत्यु भएको थियो। यसै क्रममा, काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५ बस्ने ५५ वर्षीय अर्जुन लामिछाने उपचारको क्रममा गएराति साढे १२ बजे मृत्यु भएपछि मृतकको संख्या पाँच पुगेको जिल्ला प्रहरी परिसर काठमाडौं जनाएको छ।

यसअघि मृत्यु भएका व्यक्तिहरूमा बाँकेको कोहलपुर नगरपालिका–५ निवासी ४९ वर्षीया कामना शर्मा, ताप्लेजुङ पाथीभरा–५ घर भई हाल बुढानीलकण्ठ बस्ने ५१ वर्षीया इन्दिरा लिम्बु, सिराहा घर भई हाल पेप्सीकोला बस्ने ५५ वर्षीया शान्ति गुप्ता र पाँचथर घर भई हाल गोठाटार बस्ने ६५ वर्षीय देवेन्द्र लिम्बु रहेका छन्।

घटनामा परेका सबै मृतक र घाइतेहरू नेचर हाउस एन्ड हर्ब इन्टरनेशनल कम्पनीको पिकनिकमा सहभागी भएर फर्किने क्रममा बसमा सवार थिए। घाइतेहरूको उपचार हाल अस्पतालमा जारी रहेको छ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट