२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

भारतीय सेनाका लेफ्टिनेन्ट जनरल आर.एस. रमन लुम्बिनी भ्रमणमा

शुक्रवार , पौष २५, २०८२

लुम्बिनी। भारतीय सेनाका लेफ्टिनेन्ट जनरल आर.एस. रमन नेपालको लुम्बिनीमा औपचारिक भ्रमणमा आएका छन्। भ्रमणमा रहेका जनरललाई लुम्बिनी विकास कोषका सदस्य सचिव दीपक श्रेष्ठले स्वागत गरेका हुन्। स्वागत कार्यक्रममा विकास कोषका कार्यकारी सदस्य श्याम रोक्का, लेखा प्रमुख भिम बस्नेत, र अन्य वरिष्ठ अधिकारीहरू पनि उपस्थित रहेका थिए ।

भ्रमणको क्रममा जनरल रमनले लुम्बिनीका प्रमुख धार्मिक र ऐतिहासिक स्थलहरूको अवलोकन गरेका छन्। उनी मायादेवी मन्दिर, पुष्पकरिणी पोखरी, र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रोपेको पिपल रुख अवलोकनका लागि पुगेका थिए। भ्रमण अवसरमा सदस्य सचिव श्रेष्ठले जनरल रमनलाई बुद्धको मूर्ति उपहारमा प्रदान गरेका थिए। उपहार प्रदान गर्दै श्रेष्ठले नेपालको सांस्कृतिक र धार्मिक सम्पदाप्रति सम्मान प्रकट गरेका हुन् ।

भ्रमणका क्रममा सदस्य सचिवले लुम्बिनी विकास कोषको ऐतिहासिक, सांस्कृतिक र धार्मिक महत्वबारे विस्तृत जानकारी दिएका थिए। उनले लुम्बिनीको संरक्षण, पर्यटकीय विकास, अन्तर्राष्ट्रिय सम्बन्ध र सांस्कृतिक धरोहर संरक्षणका चुनौती तथा उपलब्धिहरूबारे पनि चर्चा गरे। यसैबीच, जनरल रमनले पनि भारतीय पक्षको दृष्टिकोणबाट लुम्बिनीको महत्व, सांस्कृतिक आदान–प्रदान, र द्विपक्षीय सहयोगका अवसरहरूमा आफ्नो दृष्टिकोण राखेका थिए।

कार्यक्रमको दौरान दुवै पक्षले लुम्बिनीको सांस्कृतिक धरोहरको संरक्षण, पर्यटन प्रवर्द्धनर लुम्बिनीलाई विश्वभरि सांस्कृतिक र धार्मिक पर्यटकको आकर्षण केन्द्रका रूपमा प्रवर्द्धन गर्नका लागि दीर्घकालीन योजना र सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए।

लेफ्टिनेन्ट जनरल रमनको यो भ्रमणले नेपालको सांस्कृतिक पर्यटन, धार्मिक महत्व र द्विपक्षीय सैन्य सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ। साथै, यसले भारत–नेपालबीचको ऐतिहासिक सम्बन्ध र आपसी विश्वासलाई अझ बलियो बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने कार्यकारी सदस्य रोक्काले बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट