२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

मोरङको सुन्दरहरैँचामा दुर्घटना, शिक्षकको मृत्यु

शुक्रवार , पौष २५, २०८२

विराटनगर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको सुन्दरहरैँचा नगरपालिका–८ सलकपुरमा दुर्घटना हुँदा १ जना शिक्षकको मृत्यु भएको छ ।

मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार दुर्घटनामा परेर मोटरसाइकल चालक बेलबारी नगरपालिका–४ घर भइ सुनसरीको इटहरी उपमहानगरपालिका–८ बस्ने ५० वर्षीय कमल कोइरालाको मृत्यु भएको हो । गम्भीर घाइते भएका कोइरालालाई उद्धार गरेर उपचारका लागि विराटनगरको कोशी अस्पतालमा पुर्याउनसाथ चिकित्सकले साँझ ७ः३५ बजेतिर मृत घोषित गरिदिएका हुन् ।

मृतक कोइराला बेलबारीको कसेनी माध्यमिक विद्यालयमा कार्यरत शिक्षक रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनी सवार को ३१ प ५३९० नम्बरको मोटरसाइकललाई बागमती प्रदेश ०३–०११ ख १६०२ नम्बरको बसले बिहीबार साँझ ६ः४५ बजेतिर ठक्कर दिँदा दुर्घटना भएको हो ।

बस र चालक झापाको मेचीनगर नगरपालिका–१० का ४८ वर्षीय सन्तोष चौधरीलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ । बसको तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट