टोकियो ओलम्पिकमा मादक पदार्थलाइ प्रतिबन्ध गर्ने निर्णय भएको छ । टोक्यो २०२० को अध्यक्ष सीको हाशीमोटोले टोकियो ओलम्पिकमा मादक पदार्थ प्रतिबन्ध गर्ने घोषणा गरे ।
उनले खेल चलिरहेका बेला सुरक्षालाई ध्यानमा राखेर यो निर्णय लिएको बताए । ओलम्पिक खेल सुरु हुन अब ३० दिन मात्र बाँकी छ । खेललाई कसरी सुरक्षित बनाउने भन्नेबारेमा छलफल भइरहँदा मदिरा प्रतिबन्ध गर्ने निर्णय भएको आयोजकले जनाएको छ ।
स्टेडियम आसपास बिक्रीमा रोक लगाउनुका साथै भित्र लैजान रोक लगाइएको हो ।
जापानका केही वरिष्ठ स्वास्थ्य अधिकारीले मादक पदार्थको सेवन र बिक्रीले सामाजिक दुरी पालना गर्न सम्भव नहुने निश्कर्ष निकालेपछि आयोजकले प्रतियोगिता अवधिभर बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको हो ।
टोकियो ओलम्पिकमा लगभग १० हजार घरेलु दर्शकलाई स्टेडियममा प्रवेशको लागि अनुमति दिने योजना छ । विदेशी दर्शकलाई भने प्रवेश निषेध गरिएको छ ।